आउँला दशैंमा,,,,
यसपाली होईन अर्को साल आउँला, दशैंमा।
हजुरहरुको हातको टिका, लाउँला दशैंमा।
चौरासी ब्यञ्जन जुटाउन सकिन, बिदेशमा बसी,
ढिंडो सिङ्की जे छ घरमा, खाउँला दशैंमा।
सक्दिन लिन नयाँ किनी, एकटालो कपडा,
त्यहिं पुरानो राम्ररी धोई, लाउँला दशैंमा।
किन आउँछ गरीबलाई चाडपर्ब दुखेर,
तै पनि आँशु लुकाएर, गाउँला दशैंमा।
नसोंच्नु आमा सुखनै सुख छोराले ल्याउनेछ,
खानै नपुगे साहुको मेला, जाउँला दशैंमा।
इन्द्र पुन "ईन्देणी"
रुकुम, नेपाल
Email : pun_indra2@yahoo.com

Subscribe to:
Post Comments (Atom)
Dherai raarmo Indra g, dherai ramro gajala ko lagi yasai gari lekhdai janu hola shubhakaamana.
ReplyDelete