geet gajal

गीत


आफ्नै आँशु हाँस्छ आज आँफैलाई नै डुबाएर
आकाशबाट जून लुक्यो क्षितिज पारी गएर|

दुखियाको कर्म फेर्ने चिन्न पाएँ हुन्थ्यो मसी
सुनेको थिएँ अंकबरे सुनलाई चाहिदैन रे कसी|

अँध्यारो छ चारैतिर पाइंला लरखराउँछन्
बोल्न खोज्छ मनले केहि ओठै थर्थराउँछन्|

कहाँ जाने केपो गर्ने सोच्दासोच्दै सीरानीमा
आफ्नै जीवन डुबिगयो आफ्नै मनको बिरानीमा|

गीता थापा "दोषी"
बेलबारी, मोरङ
हाल:इजरायल

4 comments:

  1. गीता जी धेरै नै राम्रो कबिता छ खुशी लाग्यो फेरी फेरी पनि लेख्नु होअला मा सधै तपाईको खोजी खोजी पढ्छु.

    साजन राई
    अबुधाबी यु. ए. ई.

    ReplyDelete
  2. Oh sorry 'kabita' hai.

    saajan rai
    Abudhabi, UAE.

    ReplyDelete
  3. इन्द्र पुनSeptember 25, 2009 at 5:25 AM

    वाह.वाह..वाह...गिता जी,
    सारै मिठो गित संगित भरे झनै मिठो हुनथ्यो,
    शुभ कामना

    ReplyDelete
  4. गीता जी गीत मा भाव राम्रोछ शब्द विन्यास मा अलिक ध्यान पुगेनकी ? यहाँक सबै रचना हरु हेर्दैछु प्रयास राम्रोछ . शब्द कूदने प्रयास गर्नुस उज्वल साहित्यिक भविस्यको शुभ-कामना.

    विमल गौतम
    मोरंग हाल साउदी अरेवीया
    bimalgautam2000@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)