geet gajal

गजल





पहिले त म छक्क परे एउटा खामले
पाउने मेरो पठाउने उनको नामले ।

घर थर बुझे पनि,परे निकै सोचाइमा
पाल्न सक्ने हो कि हैन उनको कामले ।

म चाँहि झन के कम छु र कहाँ त्यसलाई गन्छु भन्थे
भरै त मन जिति हाल्यो गिफ्टकै दामले ।

ज्यान पनि पाल्न लायक गोजि पनि तातै रैछ
अनि त मन तानिहाल्योमोरो रामले ।

आजकाल त उसलाई भेट्न कस्तो हतार आफुलाई
यहि बेला चाँहि दिक्क लाउछ चक्का जामले ।

पहिले छक्क आजकाल मख्ख त्यहि खामले
पाउने मेरो पठाउने उनको नामले ।

रजनी राई "राजु"
गोगने -९ भोजपुर
हालः सुकुना क्याम्पस
बि.एड. दोस्रो बर्ष मोरङ्


4 comments:

  1. Its really wonderful, keep it up Sis, and wish you all the best.

    Rakesh Subba
    Wanchai HK

    ReplyDelete
  2. इन्द्र पुनSeptember 23, 2009 at 6:09 PM

    सर्ब प्रथम त नयाँ साहित्य फूलाउने भोजपुरे ब्लग टिम,नयाँ श्रृजना गर्ने श्रस्ताहरु र म जस्तै पदेर आन्नद लिने लाखौं पाठकहरुमा बिजया दशमीको सुख्द उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना तक्रयाउन चाहान्छु।
    र निरन्तर श्रृजनाको लागी रजनी जी लाई पनी,दुई पंती संग,

    आँखा अंधो हुने गरी जवानी ले माटने होईन बैनी।
    दिल हेरी माया देउ पैशा ले साटने होईन बैनी।।

    ReplyDelete
  3. patra maatra pathaaera thangnaa maa sutauna ni ber chhaina.
    timilaaii patra maatra pathaaera arkilaai danda katauna ber chahina
    tyasaile harkadam maa yaada raakha yaha
    samayale kunai bela pani palti khana ber chaina

    Uhi shubhachintak

    ReplyDelete
  4. रजनी जी यहाका रचनाहरु नियमित हेर्दैछु कता कता मलाई लाग्छा आफ्नै भोगाइहरु हुनकी तपाईका कि कसो ? जे होस् राम्रोछा हामीलाई आफ्ना रचना हरुको नियमित रस स्वादन गराई रहनुहोला . उज्वल साहित्यिक भविस्यको शुभ-कामना.

    विमल गौतम
    साउदी अरेवीया
    bimalgautam2000@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)