geet gajal

गजल


दशैंमा.......

आमा! यसपालीको दशैंमा पनि, घर आउँन सकिन
तिम्रो हातबाट टिका अनी, आशिर्बाद पाउँन सकिन

डाँडा परीकी जुन बनी तिमी, घरमा कुरी बसेकी छौ
तर तिम्रो प्रतिक्षाको घडीमा, खुशी भै छाउँन सकिन

दशैंको दिन् टिकाको थाली,तिम्रो हातमा हुन्छहोला खाली
तिमीले उमारेको दुबो र जमरा'नी, लाउँन सकिन

बाटो हेर्दै दिन् काट्यौ होला, बर्षभरी दु:ख कष्ट सहँदै
आईपुगी घरमा तिम्रो हाँसोको, गीत गाउँन सकिन

बुढेसकालको बेला हुर्काएकी, परदेशीएको छोरो
आमाको भेटको प्यास मेट्न, गंगा बनी धाउँन सकिन।


- अर्जुन दुङमेन्,
बगदाद

2 comments:

  1. वाह..वाह...सारै राम्रो

    ReplyDelete
  2. yastai ho k garne sathi, jiban ekatira ani yaad haru ekatira jiune marne sabai kuraa eka eka tira. dherai raamro lekhnu bhayo dhanyabaaada.

    Krisna
    Wichilta US

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)