उनको यादमा..........!
दिल खोलेर भने हजूर चोखो माया हजूरलाई नै गरेकीछु
सँचो-साँचो धरोधर्म हजूर सँग झुट् कहिले बोलेकीछु
आउँदा जादाँ पस्नु होला हजूर बाटो कुरी बसी दिन्छु
चाहिदैन केही हजूर मुखै मात्र हेर्न पाए मत धन्य हुन्छु
माग्दिन सुनै सुनको भारी हजूर मत पित्तलमा नि खुल्छु
साचो-साचो धरोधर्म हजूर हजूरसँग केलाई झुट् पो बोल्छु
विश्वाश भए पुग्छ हजूर बिछोड्मा नि बाँच्न सक्छु
सपनीमा भएपनी हजूरलाई सम्झेर जूनी काट्नसक्छु
हजूरलाई खुशी मिलोस देबताको पूजागरी मागी दिन्छु
चिन्ता केलाई हजूर मतधर्ती जेसुकै नि झेल्न सक्छु
गीता थापा (दोषी)
ईजरायल
Subscribe to:
Post Comments (Atom)
लहै बडा दशैंको हार्दिक-हार्दिक मंगलमय शुभकामना।
ReplyDeleteGita g, malai dherai nai man paryo yo kabita aru pani lekhdai janu hola Badadashaiko shubhakamana ra tapaiko paila le safalta chumos
ReplyDeleteUhi 'bairagi'
Ktm, Nepal.
jun mayale dahrdhari ruhayo uhi mayalai herna lagchha re ni........
ReplyDeleteAjit thapa
Abudhabi U.A.E.