geet gajal

गजल

जनताका  ईच्छालाई डस्टबिनमा फाली
किन गर्छौ राजनिती गलत पाइला चाली ।

चुच्चेथेप्चे छुट्याएर जनतालाई लडाएर
बस्छौं तिमी सिहदरवारमा बजाएर ताली ।

नेपाल रहे नेपाली छौं हाम्रो सार यही थियो
बिखण्डता ल्यायौ तिमीले रैछौ तिमी जाली ।

अध्याँरो भो भबिष्य ती सारा नेपालीको
लोकतन्त्रको मर्मलाई पार् यौ तिमिले खाली ।

नेता बन्नु उचित रैछ भाग्य चम्किजाने
पराजितै भए पनि गर्‍यौ  हाली मुहाली ।

पर्शु पृथक
इन्द्रपुर -३ त्रिवेनी चौक

1 comment:

  1. पर्शु पृथक जी
    "चुच्चे थेप्चे छुटयाएर जनता लाई लडाएर
    बस्छौ तिमि सिंह दरबार बजाएर ताली"
    यो अम्स ले तपाईं को महानता झल्काउछ
    तर - पराजितई भए पनि गर्यौ हाली मुहाली
    भन्ने वाक्यन्ग्सले तपाईं को राजनैतिक दरिद्रता झल्कायो
    मित्र देश को हालत हेरेर पार्टी बचाउने होइन देश बचाउने नेता को वावाही गरौ म आज सबै देश भक्त नागरिक हरु लाई आ-आफ्नो आस्थाको राजनैतिक पार्टी को स्वार्थ भन्दा माथि उठेर सबै नेता लाई देश बचाउन एकै स्वरले आह्वान गर्न आग्रह गर्दछु यसैमा सबै नेपाली को कल्याण छ.
    देश भक्त नागरिक
    विमल गौतम
    साउदी अरेबिया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)