geet gajal

गजल

चिसो शहर ..........!

मोहन लम्साल
हाल - सुडान

चिसो शहर महानगर
निस्तो रहर महानगर|

सुके बागमती बिस्नुमती
ढलको नहर महानगर |

जिउदा जिउदै मर्छन मान्छे
आलो जहर महानगर|

सडक, फुटपाथ, कन्टेनर
भोको नजर महानगर |

गमलामा प्लास्टिकको फूल
झुटो अधर महानगर |

मान्छे छन् तर मानात्वको
भोको लहर महानगर |

मोहन लम्साल
दिंला, भोजपुर
हाल: सुडान

2 comments:

  1. गजल राम्रो लाग्यो ।

    ReplyDelete
  2. thanks Ramesh ji, for your encouragement.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)