geet gajal

गिती गजल

भन्छ किन मान्छे‏..............

आँफू मात्रै ठूलो हौ भन्छ किन मान्छे
अरुलाई रुवाएर खुँसी हुन्छ किन मान्छे

मुटुभरी पाप पाली आफन्तलाई कूलचिएर
जताततै धारहिन छुरा रेट्छ किन मान्छे

आँफू जस्तै अर्को आत्मा लत्याएर हिड्छ
अरु पित्तल आँफू सुन देख्छ किन मान्छे

बल र बैंस छदा अनगिन्ती गल्ती गर्दै
बुडेशकालमा पाठ र पूजा गर्छ किन मान्छे

मनको देब नचीनेर अल्लमल्ल परी
मूर्ती छेउँमा गै'माफी माग्छ किन मान्छे

गीता थापा(दोषी)
बेलबारी मोरङ
हाल: ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)