geet gajal

गजल


पहिलो भॆटमा नजर जुध्दा भयौ तर्कातर्की
खेल्यौं अनि पधेरीमा पानी छर्काछर्की

कोको आए कोको गए बिसर्िएछौं उन्मातले
हास्दै थियौं पानी खाँदै चल्यो सर्कासर्की

हिँड्दा लाग्ने ठेससँग डराएर हामी
दोबाटोमा साथ छुट्दा हेर् यौँ फर्काफर्की

उड्दै जाँदा गगनमा पातालमा नि भास्सिएछाँै
पातलभित्र पनि माया चल्यो चर्काचर्की

पछ्यौरीको फेर समाई दोसाँध त्यतै अल्झिएछ
अझै दिलमा मेटिएन सम्झनाको धर्काधर्की ।

-एकराज दोसाँध
धितुङ-३ खोटाङ
हालः डाँगीहाट मोरङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)