geet gajal

गजल

तिम्रै निम्ति जीवनमा बालेको थें लाखबत्ती
जीउदो लास बनाईदियौ सल्काई दिनु दाग बत्ती

सुम्पेको थें सारा शरीर पिरतीको लेनदेन पनि
बगलीमा छुरा बोकि मुखमा राम राम गर् यौ अति

हिसाब किताब बिसर्ीहाल्यौ तिमीले नाफा पायौ कि त
चोरको हातमा चाबी दिनु बिगि्रएछ मेरो मित

सावाँ ब्याज सबै कुरा तिम्रो हातमा िदंदा पनि
सच्चा व्यवहार देखिएन तिम्रो मनमा एक रति

जति घाटा परे पनि हाँसेकै छु आँसु पिई
तिम्रै निम्ति मरि बाँचे जीवनमा कति कित

सुमन वैरागी
हर्मी-९ गोर्खा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)