geet gajal

गीत

मेटीने रै'छ........

साना तिना भाग्यका रेखिहरु त, अनायसै मेटीने रै'छ
झुपडिमा जन्म लिएपछी, यि अनेकौ चोट भेटीने रै'छ

चाहना धेरै जन्मिए तर, साह्रा अपुरो नै मर्ने भयो
लेखान्त’नै होला क्यार, अर्को जुनीलाई'नि सर्ने भयो
आँशुको तलाउमा डुब्यो जीवन, के मा मान्नु हर्क
कहाँ बिसाएर आफ्नो दु:ख ब्यथा, को संग गर्नु तर्क
साना तिना भाग्यका रेखिहरु त, अनायसै मेटीने रै'छ
झुपडिमा जन्म लिएपछी, … … … … … … …

खहरेको भेल भै बग्छन आँशु, हाँसो साह्रा पखालिन्छन्
दैबको लीला यो दुखी जिन्दगीलाई, दु:ख नै अँगालिन्छन्
कसरी बलाउँ दियो झुपडिमा, अन्धकार हुने होकी कर्म
दिल्को झुपडिमा कसरी लगाउँ छानो, कस्ले बुझिदेला मर्म
साना तिना भाग्यका रेखिहरु त, अनायसै मेटीने रै'छ
झुपडिमा जन्म लिएपछी, … … … … … … … ।

- अर्जुन दुङमेन्,
बगदाद।

1 comment:

  1. yo git saarai man paryo arjun g, yathaartha laai kornu bhayo saachchikai yo git dherai raamro chha.

    yasareenai lekhen garnush ma lekhna naske pani mero badhaaii.

    Bishnu Chamling
    Hamburg, Germany.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)