geet gajal

गीत

दिलखोलेर भने हजूर चोखो माया हजूरलाई नै गरेकीछु
साचो-साचो धरोधर्म हजूर सँग झुट् कहिले बोलेकीछु

आउँदा जादाँ पस्नु होला हजूर बाटो कुरी बसी दिन्छु
चाहिदैन केही हजूर मुखै मात्र हेर्न पाए मत धन्य हुन्छु

माग्दिन सुनै सुनको भारी हजूर मत पित्तलमा नि खुल्छु
साचो-साचो धरोधर्म हजूर हजूरसँग केलाई झुट् पो बोल्छु

विश्वाश भए पुग्छ हजूर बिछोड्मा नि बाँच्न सक्छु
सपनीमा भएपनी हजूरलाई सम्झेर जूनी काट्नसक्छु

हजूरलाई खुशी मिलोस देबताको पूजागरी मागी दिन्छु
चिन्ता केलाई हजूर मतधर्ती जेसुकै नि झेल्न सक्छु

गीता थापा (दोषी)
-ईजरायल

1 comment:

  1. sabda sabda bhitra jhumu jhumu laagyo hajur,
    git laai ek palta maatra gaudaa chumu chumu lagyo hajur...

    NIce song Keep it up.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)