उनको सम्झनामा........!
दोवाटोमा साथ छुट्दा घाम डुब्दै थियो
आँशु लुकाइ तिम्रो हाँस्यौं मलाई दुःख्दै थियो ।
नसकेर कोल्न केहि शीरहरु मुक्दै थियो
नरोउ भन्दा-भन्दै पनि मनको बाँध फुट्दै थियो ।
सुर्यदेव मलिन थियो संध्या हाँस्दै थियो
साँमुपख कोइली गाउथ्योन्याहुली रुदै थियो ।
आधा राता हुरी चल्दामुना चुडि मुर्दै थियो
वर्षातमा आकाश रुदा धर्ति गल्दै थियो ।
सुनामी ति छालहरु परेलीमै सुक्दै गयो
त। पनि तिम्रो यादले मेरो मुटु दुख्दै थियो ।
रजनी राई "रजु"
हालः सुकुना क्याम्पस|
बि.एड. दोस्रो वर्ष,मोरङ्
Subscribe to:
Post Comments (Atom)
नमस्कार रजनी जी,
ReplyDeleteवा..वा..वा..क्या मनछुने गजल रचनु भो यसपाली,
सुनामी ती छालहरु, परेलीमै सुक्दै गयो।
तै पनी तिम्रो यादले,मेरो मुतु दुख्दै गयो।।
कोमेन्त नगर्ने भनी बाचा गरेको थिएँ,तर कसमै तोडन लगाउनु भो तपाईले,शुभकामना नदिईरहन सकिन फेरी फेरी दीईरहने मौका पाउँ...
जित पो हो जिन्डगी त, कहिल्यै हार्नु हुन्न साथी।
मोती सरी आँशु सबको, ब्यर्थै झार्नु हुन्न साथी।।
भेटने छुटने हुदो रैछ, जिन्डगी नामको यात्रामा,
छोडी गए एकले भनी,आशा मार्नु हुन्न साथी।
लहै बडा दशैंको हार्दिक-हार्दिक मंगलमय शुभकामना।
ReplyDelete