geet gajal

गजल

कस्तो मेरो भाग्य खोटी जीन्दगीमा चोट पर् यो
फुल फुलाउन बिरुवा रोपे तर आज बोट मर् यो|

बासना छर्छु फुल फुलाएर सुन्दरता दिन्छु भन्थे
मरेर नै बाँच्न पर्दा जीन्दगीमा चट्याङ पर् यो|

जोवन सित जोवन साटे बच्न झनै गाह्रो भयो
फुल टिप्न खोज्दा फुलसँगै जीवन झर् यो|

दैवले पो आँखा लायो चोखो मेरो दिलभित्र
कर्महारा रैछु म त जता टेक्यो उतै झर् यो|

खहरे भो आँखा मेरा चैत बैशाखको खडेरीमा
जीन्दगीको लडाई लड्दा दिन नबित्दै रात पर् यो|

सुमन "बैरागी"
हर्मी-९ गोर्खा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)