geet gajal

गजल

जिन्दगीमा मैले पनि धेरै कुरा पाएँ
बिस्वास गरी धर्मकर्म देऊरालीमा धाएँ।

अनयास आज मलाई, तिमीले भुलीगयौ
कसको आँखा लाग्यो बरै मैले धोका खाएँ।

निर्दयी भै तिरस्कारको चुलेसीले रेट्यौ
लागे रैछ तिमी सँग ब्यर्थै माया लाएँ।

आफै खायौ कसम, अनि बाचा तोडीदियौ
कुन दशाले दोर्यारएर तिम्रो दिलमा छाएँ।

सबै मिली मलाई भन्छन, केभो अभिलाषी?
सम्झनामा तडपिएर तिम्रै गितहरु गाएँ।

ज्ञानु याङ्फु "अभिलाषी"
भेडेटार-५ याङ्फुबस्ती, धनकुटा।

3 comments:

  1. hai ganu jee namasakar
    tapaiko gajal dherai ramro chha
    tapalai mero tarpha bata suvakamana.
    Yogendra
    Dhupoo-1 Lebrang
    sankhuwasabha
    yogendra.yogen@yahoo.com

    ReplyDelete
  2. Thank you shikaaru g and yogen g, mero gajal man parai dinu bhayeko maa.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)