geet gajal

गजल

थकित आशाहरु,,,

न्यानो माया दिए देखी चुम्थें कोमल अधरपनि
तर आज बिरानो भो तिम्रो मनको शहर पनि।

कति बसौं तिम्रो आशमा जिबन ढल्नै लाग्यो
बाँच्नै गाह्रो भयो अचेल मलाई एक प्रहर पनि।

स्मृतीको प्रतिबिम्ब हेर्दै कति टोलाउँ अब
टुक्रीसके जिन्दगीका मेरो सबै रहर पनि ।

तिमीलाई गर्ने मेरो माया सुनकोशीझैं उर्ली रह्यो
मेरो निम्ती तिम्रो माया बग्दैन कि नहर पनि।

एउटालाई त हँसाउनु धोका मात्र कति दिन्छौ
पिईदिन्छु बिष हालेर देऊ मलाई जहर पनि।

लक्ष्मी भुजेल "अदृश्य"
नेर्पा-३ खोटाङ

2 comments:

  1. Saroj Gurung KHoTangAugust 5, 2009 at 8:04 PM

    Oh no bisa napiu na sis, yati ramro gajala lekhnu hudo rahechha bsh ta napiudai thik hunthyo. Just kidding it's really nice gajal.
    Keep it up

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)