geet gajal

गजल

तिमीलाई भेट्न आउँदा,,,,

बल्ल बल्ल टुसाएको प्रेम गोब्रे च्याउ भयो
मलाई तिते करेली तिमीलाई स्याउ भयो।

तिमीलाई भेट्न आउँदा भोटे कुकुर भुक्यो
तिम्रो बाउले लखेट्दा चाँहीं साह्रै झ्याउ भयो।

तिम्रै दाईको इखले पप गायक बनेको
गितार समाई चिच्याउँदा त म्याउ भयो।

टुलेसँग पिरती गाँसी अन्तै पोइला जाने
मेरो मायाले अघाएर तिमीलाई ढ्याउ भयो।

चार छोराको बाउसँग पोइला गाकी थियौ
सौताले लखेट्दा चाँही मलाई याहु भयो।

रमेश थापा "ठुले"

तोपगाछी-६ झापा
मेची नेपाल

2 comments:

  1. hahahahahahha bro kyaa chha yaar... so funny gajala,

    ReplyDelete
  2. Ramesh ढाई नमस्कार
    तपैको gajal मलाई धेरै राम्रो लाग्यो
    तपलाई सुवकामाना
    योगेन्द्र गिरी
    धुपू-१ लेब्रांग
    संखुवासभा
    हाल- मलयेशिया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)