geet gajal

गीत

तिमी भन्थेउ,,,,,,,,,

तिमी भन्थेउ हाम्रो माया, रहन्छ सधै अजम्बरी
कस्तो माया छाडेउ तिम्ले, रुवाई रहने धर् धरी।

रोई रोई कसम खान्थेउ, नछुटीने जिबन भरी
कस्तो कसम खुवाएउ तिम्ले,दुखिरने बाचुन जेली।

तारा टिप्ने बाचा गर्थेउ, बाच्नलाई हासी खुसी
कस्तो बाचा गरेउ तिम्ले, बाच्नु पर्ने मरी२।

दुख सुख बाड्ने भन्थेउ, दुई मुटु एउटै पारी
कस्तो सुख बाडेउ तिम्ले,दुख्ने छाती छुराले चिरी।

मिलन हाम्रो हुन्न भन्दा, मर्नु खोज्थेउ घरी२
कस्तो बिछोडको याद छादेउ,जिउनु न मर्नु पारी।

दिलिप योन्जन
अस्टिन, अमेरिक|

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)