geet gajal

गजल

कुसंस्कारको जरा,,,,,,

कुसंस्कारको जरा काटी कैले रमाउने होला
ठेला उठ्या हातले कलम कहिले समाउने होला।

साँझ बिहान चुलो-चौका दु:ख कैले टरेन है
कति गर्नु घरको धन्दा, स्कुल कहिले धाउने होला।

धेरै हाँसो लुकाएर थोरै हांस्नुपर्छ भन्छन
यो लोकमा खित्का छाडी हाँसो कैले छाउने होला।

दायाँ काँडा, बायाँ काँडा जताततै काँडै काँडा
काँडेतार छिचोलेर मुक्ति कैले पाउने होला।

बिमला केयरलेस
खोटाङ

2 comments:

  1. खोटाङ्गेको रुपै राम्रो भोज्पुरेको मायाँ
    त्यही जालमा पर्‍यौ क्यारे सोध दायाँबायाँ

    जदौ बिमला जी तपाईको यो रचनाल् धरै नै शिक्षाप्रद छ अरुपनि यसरीनै पढ्न पाउँ धन्यबाद।

    ReplyDelete
  2. वाह! वाह!! साह्रै सकारात्मक भावको गजल! सपना देख्न जान्नुपर्छ, एकदिन अवश्य त्यो सपना साकार हुन्छ।
    अरु पनि रचनाहरु पढ्ने पाउने आशा छ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)