geet gajal

राष्ट्रिय गीत

बीरका सन्तान

बीरका सन्तान नेपाली हामी वीरगाथाँ गाउँछौं
कोमल मनका धनी छौं हामी राष्ट्रियता जोगाउँछौं

बिहानी लाली सुर्यले छर्दा पाईला लम्काउँछौ
बिदेशी भुमिमा रहेर पनि आदर्श झल्काउँछौ

सगरमाथा हेरन हाम्रो चिनारी बोकेको
बिहानी घामले त्यो लाली छर्दा हिउँ बोकी लजाको

देउँराली भेटदा शिर झुक्ने हाम्रो मुटु नै समाई
डाँफे र मुनालले गीत गाउँदा मन आउँछ रमाई

खोला र नाला हरियालिले सुन्दरता थपेको
दोहरीभाकामा घन्किदा मादल मारुनी नाँचेको

चार र जात "छत्तिसै"बर्ण मिलेर बनेको
त्यसैले होला शान्ती प्रिय नेपाल भनेको!!!

गीता थापा
हाल : ईजरायल

3 comments:

  1. nice, keep it up
    raj

    ReplyDelete
  2. म पनि भाग्दै थिएँ जिन्दगी हतारिएको बेला
    कुनै आवाज बिना बेहोस थिएँ यो मन पछारिएको बेला।

    धन्यबाद गीता जी धेरै राम्रो रचनाहरु पढ्न पाइन्दै छ लेख्दै जानुहोला।

    ReplyDelete
  3. गीता जी सबै विधा मा उत्तिकै कलम चलाई रहनुभएको छ प्रयास राम्रो छ निरन्तरता को अपेक्षा राख्दछु

    विमल गौतम
    साउदी अरेवीया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)