geet gajal

राष्ट्रिय गीत‏

स्वर्ग झै लाग्छ...........

स्वर्ग झै लाग्छ, यो देश मेरो, देश कै माया छ
विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ।

पाहाड र पर्बत, झर्णा र खोला, सुन्दर सान्त बन
विश्वमा शान्तिको, उपदेश दिने, बुद्धको आफ्नो घर
खेले र हुर्के, भिर र पाखा, त्यै देशको माया छ
विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ।

बिरको सन्तान,विश्वलाई जित्ने, बिस्वास हाम्रो छ
देशको लागी, रगत दिन, नेपाली तयार छ
डाफे र मुनाल,दौरा र सुरुवाल, देश कै पहिचन छ
विश्व मै अग्लो, यो सिर मेरो, विश्व मै नाम छ।

दिलिप योन्जन
अमेरिका

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)