geet gajal

गजल

घात दियो निष्ठुरीले,,,,,,,,,

सँगै जिउँने सँगै मर्ने बात दियो निष्ठुरीले
झुठो बिस्वास देखियो, घात दियो निष्ठुरीले

धेरै खुशी दिन्छु भन्ने तिम्रो नियत बल्ल बुझें
आखिरीमा निशापट्ट रात दियो निष्ठुरीले ।

चोट त साँच्चै चोट नै रैछ दुखी रहन्छ सधैं
मेरो पहिलो मायालाई लात दियो निष्ठुरीले।

जिबनको गोरेटोमा बग्यो दुई किनार भई
पागलै बनाउने अनौठो मात दियो निष्ठुरीले

-गीता घिसिङ
भिरगाउँ-३
धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)