geet gajal

गजल

"पिरतीका बात"

छुट्नु थियो छुट्यो अजम्बरी साथ अब
टुट्नु थियो टुट्यो पिरतीका बात अब,

घाइते भई चर्क्यो छाती दुख्यो मुटु
बल्झिन्छन् चोट् पल्टि घाउका खात अब,

डढेलो गयो यो जीवन जंगलमा
ओइलिएर झर्न थाले पात अब,

सोझो जीवन जगतमा जन्म लिंदा
भोग्नै पर्‍यो हार् प्रहारका लात अब,

सयौपत्र परी बसेका त्यान्द्रो-त्यन्द्रो
केलाउनै गाह्रो प्रेमका जात अब ।

- अर्जुन दुङमेन्
अर्जुनजीको ब्लग

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)