geet gajal

गीत


आधा उमेर ............!!

आधा उमेर घर खेतैमा, हजुर आधा परदेसैमा
बिरानो लाग्छ आफ्नै गाँउ घर देख्दा सपनिमा।

मखमली सयपत्री ढक मक फुल्थ्यो आगानीमा
हासो खुसी बाडथिउ हामी बाधि अग्गालोमा
निलो आकास हरीया पाहाड छग२ बग्ने खोला
मेरी आमा पिल२ रुदै पर्खि रकी होला।

गुरास फुल्दा डाँडा पाँखा कोईली गाउथी गीत
मादल बजाई नाँच्थ्यौं गाउथ्यौं साटी चोखो प्रीत
देबी देउता बर पिपल छैन चाड पर्ब
स्वर्ग जस्तै मेरो देस नेपालकै लाग्छ गर्ब।

दिलिप योञ्जन
टेक्सास अमेरिका

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)