geet gajal

गजल

मेल बनी आएँ,,,,!

प्यास बुझ्न नसक्ता म , भेल बनी आएँ
कहिलेकाहीं त्रीबेणीको मेल बनी आएँ ।

आफ्नो खुशी लुटाएर निस्वार्थी म बन्दा
हिंड्ने बाटो नपाएर आफै खनी आएँ।

समयले नेटो काट्यो फर्की आउंदैन
कहिले त स्वार्थीहरुको झुण्ड गनी आएँ।

पुर्णिमालाई औंशी देंखे नयन बिझाए
अपरिचित ब्यक्ती सामु हजुर भनी आएँ।

नसुनेर सहन्छु म बिछोडिनु पर्दा
स्वार्थीको समाजबाट पर्ख म नी आएँ।

माधवी पहारी “उर्बर्सी”
काठमाडौ, नेपाल

2 comments:

  1. maadhabi malaai dherai nai tapaaiko yo gajala le mero hridayalaaii chhuidiyo, Thanks alots yasto gajala dina saknu bhaeko maa.

    ReplyDelete
  2. Thank you, Arjun g.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)