दुखको यो सागरबाट,,,,,,,
हरपल उभिइ दिन्छन, बेदनाका धार हजुर
दुईदिनको जिन्दगी यो लाग्न थाल्यो भार हजुर।
कर्म रेखा मेटियो छुट्यो हाम्रो साथ पनि
मानिसको जिन्दगीनै लाग्न थाल्यो हार हजुर।
अश्रुधारा बगाउँदै बिति रहेछन रात मेरा
खोजीरहेछु बेहोसीमा बाँच्नलाई सार हजुर।
पुछियो सिन्दुर मेरो चुँडियो पोते पनि
दुखको यो सागरबाट कहिले हुनु पार हजुर।
जुनु राई
याकु,भोजपुर
हाल: जाल्पादेबी उच्च मा बि पाख्रीबास, धनकुटा

Subscribe to:
Post Comments (Atom)
जुनु जी,
ReplyDeleteअवश्य त्यो सागर पार गरिन्छ, जिन्दगीलाई भार नसम्झनुहोला । एनि वे, गजल मिठो लाग्यो । तपाईंको कलमले गती लिओस र फेरी-फेरी पनि पढ्ने मौका दिनुस् है !