geet gajal

गजल

मेरै कुरो गर्दैछौ रे तिमी आँफै टाढा गएपनी
मेरै नाम कोरी बस्दैछौ रे, कागजैमा भएपनी

बिताएका ति स्पर्शिला रातहरु सम्झ्यौ होला
आत्तिएर बोलाउछौ रे, म कोषौ टाढा रहेपनी

बल्ल मेरो बचनको प्रमाण पूरा भयो होला
हाँसी-हाँसी टार्दैछौ रे, गाउँभरी कुरो काटेपनी

देवीथानमा खाएको कसमले झस्क्यायो होला
बेच्ने हैन भन्दैछौ रे, मायाको भाउ बढेपनी

मलाई पाउन जन्मकुण्डली मानै हेर्‍यौ होला
हरेस खान्न भन्दैछौ रे, यौवनको भाउ घटेपनी

विश्वास हाम्रो हिम्चुली झै अग्लिएर चुल्यो होला
रुदैरुन्न भन्दैछौ रे, आँशु बनी पग्लिएपनी

मेरै कुरो गर्दैछौ रे तिमी आँफै टाढा गएपनी
मेरै नाम कोरी बस्दैछौ रे, कागजैमा भएपनी ।

- अर्जुन दुङमेन्
खम्बुवान राज्य, नेपाल; हाल: बगदाद ।
http://www.arjundr.blogspot.com/

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)