गजल
आधारातमै पुर्णिमाको जून ढलेको रात हो त्यो
शितले भिजेको बिहान हैन,रगताम्मे प्रात हो त्यो ।
सम्झनामा सधैं आउने ती रक्त रन्जित दिबसहरु
मरेर नी बाँची रहने,त्यस्तो एउटा याद भो त्यो ।
बास ढले,काख रित्तिए,पुछिए कयौ सिउदोहरु
तमाम आमाको मुटुभित्र छुरा चलेको घात हो त्यो ।
टुक्रीयो भाई बन्धुत्व,रित्तियो भातृत्व
सगरमाथाको स्वाभिमानमा कुल्चिने लात भो त्यो ।
आधारातमै पुर्णिमाको जून ढलेको रात हो त्यो
शितले भिजेको बिहान हैन,रगताम्मे प्रात हो त्यो ।
रजनी राई
गोगने-९ भोजपुर,
सुकुना क्या. बि. एड. दोस्रो बर्ष
Subscribe to:
Post Comments (Atom)
भेट्नु थिए'छ तिम्लाई छाडी तएतापनि, यो शुभप्रभातको बिहानीमा !
ReplyDeleteझल्को आई रह्यो त्यो देउरालीको, देखे तिम्लाई आजै राती सपनीमा !!
- तिम्रो यात्रा लामो बाटोको भएतापनी आराम, स-कुशल र सुरक्षित रहोस् ।
बुझ्ने हामी केही गर्न सक्दैनौ हामीले रगत दिएर बलिदान गर्छौ
ReplyDeleteमोज गर्ने लुटेराहरु घ्याम्पो जस्तो पेट बनाएर दिउँसै मेनका र उर्बर्सीको काखमा आफ्नो दिनहरु सयर गरिरहेकाहुन्छन के गर्ने हामी त केवल नेताहरुले एउटा युज गर्ने टिस्स्यु पेपर हौ भन्नै पर्दा।