geet gajal

गजल

तिम्रै नाम कोर्न भनी कापी लिई बसे
एकै छिन त भावसागर बिच पसे

नयनभरी आँशुका तलाउ बनाई
तिम्रो बिम्ब-प्रतिबिम्ब सम्झनीमा फसे

आई दियौ तिमी अंग-अंग स्पर्शगरी
मुटु जोडी मायाको पोको बनाई कसे

मौनतामा बिलिन भै गयौ कहाँ तिमी?
के भयो र बिना अर्थ प्रश्न बोकी रहे

कल्पनाको भाबसागरमा पो रहेछु !
झल्याश ब्यँझदा लाग्यो, छाँगाबाट खसे ।

- अर्जुन दुङमेन्
बगदाद
Please Visit- Arjun's Blog

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)