geet gajal

गजल


"विश्वाशघात"


मुटु जलि रहेछ मन्द मन्द किन गर्छौ उस् घातको कुरा
बिश्वासमा घात भईसक्यो किन गर्छौ उस् बातको कुरा

पिडाको यहि पल काफी छ अब ज्युनलाई जिन्दगी
त्यो अतृप्ती मिलनको किन गर्छौ उस् रातको कुरा

रुनु थियो यी आँसुहरु पाऊनु थियो यी नै चोटहरु
प्रेम अन्धो हुन्छू किन गर्छौ बैशालु मात को कुरा

निष्पाप अनि निस्वार्थ अझै अमर हुन्छ माया रे साथी
सबै मिथ्या रहेछ किन गर्छौ माया भन्ने जातको कुरा

उजाड उजाड भई सक्यो यो जिन्दगीे शिशिर सरी
नगर न साथी बेमौशम् मा झरेको पातको कुरा

साथी !! भुलि जानेहरुकै समर्पण भो यो जिन्दगी अब
त्यसैले आज बिन्ती गर्छु गरन ज्युने राहात को कुरा

तिनतले कान्छा  दुर्गा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)