geet gajal

गीत

एक दिन त..........!

घमण्डको पारीणाम जैले पनि घातक हुन्छ
किन? गल्ती गरेभन्दै एकान्तमा रुन्छ

इज्जत गरौ एक अर्कालाई आफ्नै बम्स ठानी
पछुताउनु पर्ला एक्लै के भयो यस्तो भनी
मै हुँ भन्ने सोच पाल्दा जैले पनि घातक हुन्छ
किन? गल्ती गरेभन्दै एकान्तमा रुन्छ

एक दिन त जानुनैछ डर राखी कर्म गर
आफ्नो काम आँफै गर अन्यत्रको भर नपर
बिझाउने कुरा गर्दा जैले पनि घातक हुन्छ
किन? गल्ती गरेभन्दै एकान्तमा रुन्छ

बिमल गिरी
घर देश -चारपाने झापा
ब्रुस्सेल्स बेल्जियम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)