geet gajal

गजल

दु:खको यो सागरबाट,,,,,,,

हरपल उभिइ दिन्छन, बेदनाका धार हजुर
दुईदिनको जिन्दगी यो लाग्न थाल्यो भार हजुर

कर्म रेखा मेटियो छुट्यो हाम्रो साथ पनि
मानिसको जिन्दगीनै लाग्न थाल्यो हार हजुर

अश्रुधारा बगाउँदै बिति रहेछन रात मेरा
खोजीरहेछु बेहोसीमा बाँच्नलाई सार हजुर

पुछियो सिन्दुर मेरो चुँडियो पोते पनि
दुखको यो सागरबाट कहिले हुनु पार हजुर।

जुनु राई
याकु,भोजपुर
हाल: जाल्पादेबी उच्च मा बि पाख्रीबास, धनकुटा

2 comments:

  1. हार सम्झे हार जीवन
    जीत सम्झे जीत ।
    किन गाउनु जिन्दगीमा
    निराशाको गीत ।

    ReplyDelete
  2. जुनु जी ! त्यसरी हार नखानुस् है, एनी वे; गजल राम्रो छ । लेख्तै गर्नुहोला । फेरी-फेरी पनि पढ्न पाईयोस ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)