geet gajal

गजल

तिम्रै नाम जपें मैले .............!

साँचो माया गरें तर धोका दिई छोडीदियौ,
प्रेमनगर पुग्ने बाटो आँफैले नै मोडीदियौ ।

सपनि वा बिपनिमा तिम्रै नाम जपे मैले,
बिस्वासको गमला निर्दयी भैइ फोडीदियौ ।

मायाको त्यो बगैचामा फुलेका त्यो फूल हामी,
न त कहिल्यै मलजल गर्‍यौ न त गोडिदियौ।

जन्म जन्म सँगै बाँच्ने हाम्रो बाचाकसम थियो,
बिस्वासघाती मायालुले त्यो पनि तोडीदियौ ।

जालीमन र झुठा रहेछन तिम्रा सबै प्रेमका पुर्जाहरु,
मलाई भेलमा बगाएर अरुसित नाता जोडीदियौ ।

निरा ताङलुवा
माईमझुवा-९,
इलाम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)