geet gajal

गजल

भार भो जीवन.............!

जिन्दगी यो ब्यर्थ लाग्छ पृथ्बीलाई भार भो,
तिमीले जित्यौ प्रेमको खेल मेरो चाँही हार भो ।

आऊँ जस्तो लाग्छ कहिलेकाहीं तिमीछेउ,
तिम्रै बिस्वासघात मलाई छेक्ने बार भो ।

फक्रेको थियो हाम्रो माया मेरो मन भरि
फूलसरी यो माया पनि छुरिको धार भो ।

तिम्रो माया पछिको तिरस्कारको प्रहारले,
यो मुटु छिंया छिंया बधशालाको मार भो ।

खुशी जती सबै लुट्यौ कुमार तिमी नै,
जिउँदो लाश भएर बाँच्नुको के सार भो ।

सुश्री हरिता मगर "स्याङजाली"
त्रिभुवन बहुमुखी, क्याम्पस
तानसेन, पाल्पा

1 comment:

  1. harita jee soo nice n romantic gajal . thnx for that . if u dont mind may i know ur adress in syanjya coz im from there also .. thnx

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)