geet gajal

गजल

आँखा भरि आँशु लुकाई हाँस्नु पर्ने जिन्दगी,
मुटुभरि ब्यथा लुकाई बाँच्नु पर्ने जिन्दगी ।

ब्यथाहरु बढ्दै गए भारी चारी भयो,
खुशीको त आशु छैन निराश भयो जिन्दगी।

आशाहरु कति थिए कोपिलामै ओईलाएछन,
बिबशताले गर्दा आज तितो भयो जिन्दगी ।

हाँसो सबै रित्तिसक्यो आँशुमात्र बाँकी छ
आजभोलि किन किन बिरक्तियो जिन्दगी ।

न त कहीं खुड्किला छन्, न समाउने बुट्यान,
बेसहारा लाग्न थाल्यो किन आफ्नै जिन्दगी ।

आफ्नो यो संसारमा कोही पनि नभेट्दा,
जिउँदो होकी लाश हो झैं भयो जिन्दगी ।

बिकल्प नै केही छैन मृत्युलाई कुर्नु बाहेक
कुनबेला टिल्पिलाउँदा पोखिने हो जिन्दगी ।

साबित्रा थापा "शोभा"
जुगेडा 'ए' गाउँ, धनगढी
कैलाली

1 comment:

  1. हैन हौ साबित्रा जी ! जिन्दगी देखी किन यती शाह्रै निराश हुनु भा'छ नि ? तपाईका रचना पढदा-पढ्दै म पनि एक छिन त आफ्नै जिन्दगी देखी अतालिए नि ! तरपनी, रचना पारीस्तिथीगतरुपमा मिठो छ । फेरि-फेरी अरु रचनाहरु लेख्दै पढने मौका दिनु होला ।
    - बघदाद

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)