geet gajal

गजल


देवी-देउरालीको कसम किन खानु? बोलेका बचनहरु भुल्या छै'न ।
भौतिक शरीर टाढा भएपनि, मनको डेरा कतै सार्र्या छै'न ।

चोखो माया त दिन नचाहेको होइन,उपहास गरिदिएपनी
मायालाई गरीबी र धनीको तराजुमा जोखी,दाममा साट्या छै'न ।

काँडै-काँडा बिज्यो होला, फूलै-फूलले सजाई दिन खोज्दा
फूलै दिइ कालो मनको पाप पखाल्नलाई,आँशु झार्र्या छै'न ।

प्रेमको मखुन्डो ओढी,कयौ लाल्छनामा अभियुक्त बनाएपनि
स्वच्छ प्रेमको बलत्कार गरी, हत्या गर्र्या छै'न ।

किनारामा हैन गहिराइमा डुबी त हेर,भुमरीमा अतालिएपनी
यो बाँझो मनको पाखा-पखेरामा,आशा अझै रित्या छै'न ।

देवी-देउरालीको कसम किन खानु? बोलेका बचनहरु भुल्या छै'न
भौतिक शरीर टाढा भएपनि, मनको डेरा कतै सार्र्या छै'न ।

अर्जुन दुङमेन्
बेल्टार-२,उदयपुर
हाल: बघदाद

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)