geet gajal

गीत

गोहीको आसु............
रोपे हुन्थ्यो झिरले मलाई, किन उन्छौ पिरमा सधैई
किन झार्छौ गोहीको आसु, भित्र भित्रै कच२ चपाई।

छोड्नु नैरहेछ दोबाटोमा मलाई,झुटो नाता किन जोडेउ
पबित्र माया झुटो भनी, ब्याथै किन बदनाम गर्छेउ
किन सियोले मुटु घोच्छउ, चट्टै काट घाटी मेरोई
किन झार्छौ गोहीको आसु, भित्र भित्रै कच२ चपाई।

हास्नु नैरहेछ रुवाई मलाई,मायाको खेल किन खेलेउ
बाचा बन्धन आफै तोडी, बिना कसुर दोशी पारेउ
मर्यो भन्दै किन हिड्छेउ,जलाउ चितामा जिउदै मलाई,
किन झार्छौ गोहीको आसु, भित्र भित्रै कच२ चपाई।

दिलिप योन्जन
अस्टिन, अमेरिक

1 comment:

  1. दिलिप दाई
    नमस्कार
    गीत भावनात्मक छ राम्रो छ, शब्द ले अर्थ बोकेको छ, अर्थले पनि --- ।
    अझै हजुर को रचन भावना हेर्नु पढ्नु पाउ , हावास्त बिदा
    दुर्गा
    ईराक

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)