geet gajal

गित

आफ्नै दुख पछ्याउँदै, कहाँ कहाँ पुग्नु रैछ
आफन्तका यादहरुले, परदेशमा दुख्नु रैछ

भेट हुँदा खुशी लाग्ने संजोगका मोडहरुमा
छुटी जाँदा दुखा लाग्ने, बाँच्नु पर्ने होडहरुमा
बाध्यताको बगर टेक्दै, सुख दुख बुझ्नु रैछ
आफन्तका यादहरुले, परदेशमा दुख्नु रैछ ।

मन पुग्दा गाउँबेशी, जिउ अर्कै सिमानामा
छाल उठ्दा गहभरि, कोही हुन्न किनारामा
भोगाइको पहाड चढ्दै, पसिनामा रुझ्नु रैछ
आफन्तका यादहरुले, परदेशमा दुख्नु रैछ ।

टिका चाम्लिङ
नुनथला, खोटाङ

1 comment:

  1. टिका जि
    नमस्कार !
    गीत राम्रो छ, शब्द सम्योजन झनै राम्रो छ, मेरो ब्यक्ती गत सलाम छ, अझै यो वेब म तपाईंको जस्तो भावना हरु देख्नु पढ्नु पाउ यही आशा छ, साथै मेरो भोजपुरे लगनशिल मित्र हरुमा हार्दिक प्रगती को शुभकामना छ, सबै स्रश्टा लाई एउटै ठाउमा समेट्ने जमर्को गरी राख्नु भएको छ धन्यवाद हजुर हरुलाई, आफु टाढा रहे पनि यो वेब मार्फत आफुलाई आफ्नै कुना कन्धरा म पाउछु, यही खुशी हो मेरो ।



    दुर्गा
    ईराक

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)