geet gajal

गित

संदेश................!

फर्क न फर्क साथी गाँऊ घरको माया बोकी
देशलाई माया गर्छु भन्थ्यौ देशकै माया बिर्सियौकी
देशलाइ माया गर्छु भन्थ्यौ देशकै माया बिर्सियौकी
फर्क न फर्क साथी…………………………॥

घरको छानो खस्नै आट्यो बाबा आमा बुढा भए
गाको मंसिर मैना भित्रै हल गोरु मरी गए
पुतलीले पाठो पायो बाछो पायो गाईले
कैले दाजु आउछन् भनि सोध्छन् तिम्रो भाईले
यस्तै छ खबर साथी छिट्टै आऊ गाँऊ फर्कि
देशलाई माया गर्छु भन्थ्यौ देशकै माया बिर्सियौकी
देशलाई माया गर्छु भन्थ्यौ देशकै माया बिर्सियौकी
फर्क न फर्क साथी…………………………।

पाखा बारी क्यै हुदैन खोला खेतमा पैरो गयो
दुखियाको कर्म यस्तै दुःख झनै गैुरो भयो
बाजे बजु दुबै जना डाडा माथीको घाम भाुछ
सानो बैनी सुन्तलीले तिम्रै बाटो हेरी राछ
यस्तै छ संदेश साथी चाडै आउन गाउ फर्कि
देशलाई माया गर्छु भन्थ्यौ देशकै माया बिर्सियौकी
देशलाई माया गर्छु भन्थ्यौ देशकै माया बिर्सियौकी
फर्क न फर्क साथी…………………………।

दुर्गा राई
भोजपुर जरायोटार- २, बसेरी
हाल ईराक बगदाद

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)