geet gajal

गजल

यसै गरे सगरमाथा मैदान बन्न बेर छैन,
भुकम्प नै भुकम्पले सुनसान बन्न बेर छैन ।

हेर! उ त नेताजी को पछी लाग्न थालेछ नि,
अब छिट्टै जटाधारि हनुमान बन्न बेर छैन ।

निर्बस्त्र भै लजाउछे कोठरीमा हाम्री चेली,
यौन पेशा हाम्रो लागि स्वाभिमान बन्न बेर छैन ।

संगितको दुनियाँमा नयाँ क्रान्ति आयो भन्छन,
रक-पप अब हाम्रो राष्ट्रिय गान बन्न बेर छैन ।

आरोप र गाली पनि छिमेकिका सुन्दा सुन्दा,
लाग्छ अब यो नै हाम्रो गुणगान बन्न बेर छैन ।

आँखा चिम्ली जो सुकैको पूजा गर्ने चलन हाम्रो,
यो बानिले जो सुकै नि भगवान बन्न बेर छैन ।

ऋण कर्जा मागी मागी हिंड्न थाले आज "मनु",
अब चाँडै नेपाल धनमान बन्न बेर छैन ।

लुकमान खाँ अन्सारी
भुटाहा -६,रामनगर सुनसरी

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)