geet gajal

गजल

जन्मे पछि मर्नै पर्ने जिन्दगिको रित हो
रोदन अनि हाँसो खुसि जिन्दगिको मीत हो

सपनाको संसार बनाई कल्पनामा बाच्नु भन्दा
यथार्थमै हांसी खुसि रमाएको हित हो

सफलताको बाटो सधै एक्लै हिडन खोज्नु भन्दा
निर्दोष ति आत्मा संग लाम लाग्नु जित हो

ऋतुहरुमा बिलाइजाने एकैछिनको सुन्दर जिवन्
बिहानिको किरण संगै अस्ताउने शित हो

कोरिएका पङतिहरु लयबद्ध् नभए पनि
जिवन संगै गाइएको वास्तबिक गीत हो

सुर्य प्रसाद न्यौपाने "सिकारु"
अर्बेनि ८, गुल्मि

1 comment:

  1. sahi kura garnu bhayo hau sikaru jee tapai ko antim haraf le mero mana chhoyo hau. thank you hai. feri feri padhna paau.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)