geet gajal

गजल

साह्रै साह्रै बदनाम रैछ...........!

हेर्दा हेर्दै अस्ताउने घाम रैछ जिन्दगानी,
मृत्यु चुम्न पर्खि बस्दा लाम रैछ जिन्दगानी।

च्याती हेरें, खोली हेरें केही छैन जिन्दगीमा,
बिना चिट्ठी बेवारीसे खाम रैछ जिन्दगानी ।

बाध्यतामा अङ्ग बेची अनुहारमा रङ भर्छन,
कोठीमा त साह्रै साह्रै बदनाम रैछ जिन्दगानी।

बाँचुञ्जेल सबैसँग आफ्नो दुखा आफ्नै ब्यथा,
दुखा ब्यथा दर्शन गर्ने धाम रैछ जिन्दगानी ।

दुखा छैन ब्यथा छैन मुटु पोल्ने कथा छैन,
घाटमा त मृत्युसँग आरम रैछ जिन्दगानी ।

सुन्दर "कुरुप"
चुलाचुली, ईलाम

1 comment:

  1. jindagi ko bare maa yati dherai ?? yo kurupa jee thaks a lots sachai tapai le bhane jastai ho jindagi.

    -Ramesh Dangol

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)