geet gajal

गीत

सुख दु:ख सगै रमाउ....

कैयौ बिते हिउदहरु तिमी आउने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

बाझिगए भस्मेहरु बाली नलाई पाखामा
तडपी रहन्छु साझ बिहान निन्द्राछैन आँखामा
सुख दु:ख सगै रमाउ आफ्नै स्वदेशमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा

सुकिगए मुहानहरु डल्ला फोर्दै बिते जीबन
उराठछन लेक बेसी पतकर झै उठछ यो मन
सुम्प्यौ बैश परदेशलाई कुबेर बन्ने आसमा
कैले खोज्छु मिरमिरेमा कैले बतासमा,,,,,,,,,,,,,,,,,,,,,,,,,,

बिमल गिरी
चारपाने झापा
हाल बेल्जियम

1 comment:

  1. बिमल सर
    नमस्कार
    गीत राम्रो छ सर हजुर को, शब्द सन्जाल मार्फत भए पनि अती भाका मिलाएर गाए हजुरको गीत, ब्रुसेल बसेर नि नेपाली गीत कबित गजल लेखी रहनु भएको छ, शायद यसैलाई मातृभूमीको मोहो भन्छन होल, हुन त आफ्नो देश आफ्नो घर आफ्नो ठाउँ, जहिलाई जहाँ जता भए पनि आफ्नै हो, जस्ताइ परिस्थिती मा पनि हजुरले देश भावना, माया पिरती, योबन उल्लाश, दु:ख पिडा का शब्द हरु लेखी रहनु भएको छ, अझै निरन्तर्त दिनु होल यही शुभकामना !!

    भाई
    दुर्गा
    ईराक

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)