geet gajal

गजल

बैंशालु त्यो अधरमा.................!

तिम्रो निम्ती खुशी फुल्ने बसन्तको डाली होला
यौबनको सुबास छर्ने, सौन्दर्य र लाली होला ।

नअटाएर मनभरि उमंग र खुशी आज
यती बेला तिम्रै नाउँमा, सगुनको थाली होला ।

बैशालु त्यो अधरमा, भवँराको हुल छ कति
नचाहेको होइन तर हृदय यो खाली होला ।

सबैको मन सधैं सधैं तिम्रै सामु रमाउँछ रे
तिम्रो निम्ती धेरैको वाह वाही ताली होला ।

तिम्रो नाममा पिरतिको, सप्तकोशी बग्दो रहेछ
मेरो निम्ती घृणा र तिरस्कारको नाली होला ।

यती धेरै राम्री भैछ्यौ, बैशले सजिएर
तिमीलाई सजाउने, कुनै त्यस्तो माली होला ।

सन्त थुलुङ सुब्बा
साँवा-७, ताप्लेजुङ

1 comment:

  1. Shanta Thulung Subba jee, tapaiko gajal sampreshan garnu bhaeko maa dhanyabad ra aru pani yastai pathaudai garnu hola dhanyabaad.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)