geet gajal

गजल

साचो झुटो, थाहा नहुनेलाई, मायाको के कुरा
चोखो पनी, जुठो हुनेलाई, सगुनको के कुरा

माया प्रितिका, मिठो बाचा, तोड्नेको के कुरा
अमर प्रेमलाई,पैशाको तराजुमा,जोख्नेको के कुरा

टाडा हुदा, मर्छु भन्नेले, छोडेको के कुरा
नजिक हुदा, नचिनी दिने,मायालुको के कुरा

हासी खुसी,जिउने मर्नेले, रुवाएको के कुरा
एउटै मुटु, दुइटा हुदा, ढुखाउनेको के कुरा

जन्म जन्म, साथ दिनेले, तड्पाएको के कुरा
रात दिन, नछुटाउने मायाको, जिन्दगीको के कुरा

दिलिप योन्जन
भोजपुर, देउराली - १
हाल: अस्टिन, अमेरिक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)