geet gajal

गित

कति गर्नु फूलको कुरा, कति गर्नु जुनको कुरा
कहिलेकाहीं त आउन गरौ, बाँसुरीको धुनको कुरा

कतै भीर कतै पहरा, अक्कर रैछ जिन्दगानी
पाईलैपिच्छे ठेस लाग्ने, ठक्कर रैछ जिन्दगानी
कति गर्नु नुनको कुरा, कति गर्नु सुनको कुरा
कहिलेकाहीं त आउन गरौ बासुरीको धुनको कुरा

बाँचुञ्जेली तेरो मेरो, मरे पछि छुट्छन सबै
के लाई गर्नु लोभ लालच्, मानिसको जीवन कठै
कति गर्नु धुनको कुरा, कति गर्नु खुनको कुरा
कहिलेकाहीं त आउन गरौ बाँसुरीको धुनको कुरा ।

-शशी लुमुम्बु

2 comments:

  1. Sashi Ji, Git ko sabda samyojan ati ramro chha, hunuta hajur yak bisistha lekhak hunuhunchha, 41/42 saal ko kuro ho Charambi High School ko samjhana chha, tehi hajurlai dekheko thiya tat paschat hajur sanga bhetne saait jureko chhaina aajhai samma, aasha tapaiko pragatiko pailaa aajhai maathi dekhna paau, safalta ko laagi hardik subhakamanaa chha,
    Durga

    ReplyDelete
  2. Sasi ji,
    Namaskar

    Great. after long time i saw your "shirajana" all the best. Where are you now.

    Mohan Mani Lamsla
    Sudan

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)