geet gajal

गजल

ज्यूदो लाश ……।

केहि नासो गुनासो होला प्रिया संगालेर त्यो लानु है
दोबाटो मै ढलेको छु छात्ति माथी कुल्चिएर जानु है

अन्जानैमा तिमीलाई आफ्नो भन्नु मेरो भुल भयो
लाग्छ भने निष्ठुरी को श्राप दिएर जानु है

टुक्र्याएर आफ्नै मुटु बाँचेकै छु म त पि्रय
दुनियाँ लाई भुल्न सक्ने मृत्यू मलाई दिएर जानु है

अभिशाप मेरो लाश लाई राखेको छु शश्मशानमा
कतै तिम्रो आउने जाने बाटो परे जलाएर जानु है

दुर्गा राइ
भोजपुर जरायोटार २ बसेरी
हाल: ईराक बगदाद

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)