साँझ थियो, तिमी थियौ, हल्का हल्का मात थियो
जुनेलिको उज्यालोमा, जवानीको बात थियो
लोलएथे तिम्रा नजर , मदहोश थिए लालीअधर
मेरो शिरको शिरानीमा, तिम्रै कोमल हात थियो ।
संसार धेरै रमाईलो छ, बाँच्न जान्ने मनहरुलाई
तिम्रो हार्दिक समर्पण नै, मेरा लागि सौगात थियो ।
एकातिर कलकलाउँदो, सलसलाउँदो तिम्रो यौबन
अर्कातिर मगमगाउँदो, छेउमा पारीजात थियो ।
सुस्त सुस्त छेकियो जुन्, सुस्ताउन थाल्याउ तिमी
हामीसँग थकित-थकित बाँकी एउटा रात थियो ।
प्रकट पंगेनी
कास्की, पोखरा
Subscribe to:
Post Comments (Atom)
पेजनी जि,
ReplyDeleteराम्रो गजलको लागि धन्यवाद,
आगामी दिनमा अझ उत्क्रिस्ठ गजल पढ्नु पाइयोस, प्रगतिको लागि हार्दिक शुभकामना छ।
शुभचिन्तक
दुर्गा