geet gajal

गजल

तिम्रै लागि.............!

जिएकी थिएँ तिम्रै लागि तर बुझेनौ तिम्ले
सिएकी थिएँ मन तिम्रै लागि तर बुझेनौ तिम्ले ।

यौबनको रस फिटेकी थिएँ जिन्दगीमा मैले
नसा पिएकी थिएँ तिम्रै लागि, बुझेनौ तिम्ले ।

मेरो मनमन्दिरमा तिमीलाई नै सजाउने
लिएको थिएँ ब्रत्, तर बुझेनौ तिम्ले ।

जिन्दगीकै पहिलो अनि अन्तिम कसम मेरो
माया दिएको थिएँ तिमीलाई तर बुझेनौ तिम्ले।

पिरतिको डुंगा एक्लै एक्लै खियाउँदै
हिंडेथे, तिम्रै लागि तर बुझेनौ तिम्ले ।

जुनु राई
याकु, भोजपुर

1 comment:

  1. जुनु बहिनी,
    तपाईंको सरल भावनत्मक श्रीजना, धेरै राम्रो छ, अझै अरु नयाँ नयाँ श्रीजना हरु पढ्नु पाइ रहु, अझै अरु सिउरिन्दै जानु होल है, सह-प्रेम, भावनात्मक प्रेम, देश प्रेम, मातृभूमी र मत्रित्वको, जिबन अनी मानबताको, -----

    शुभचिन्तक
    दाई
    दुर्गा
    ईराक

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)