geet gajal

गजल

फक्रेको त्यो जवानीलाई
नजरले हानिसकें

हजारौंको भीडमा आज
तिमीलाई छानीसकें

मन्जुर छ छैन हजुर
एक पटक भनिदेउन

हजार खोला तरी सकें
हजार आँधी तुफान सहें

केवल तिम्रो प्रेमको खातिर
देबी देवता भाकी सकें

धरो धर्मा तिम्लाइ मैले
मनको राजा ठानी सकें

गल्ती कतै छैन होला,
मैले मन पराउनुमा

मेरो मनको छौतारीमा,
तिमीलाई नै राखिसकें

बिमला "केयरलेश"
खोटाङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)